करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

भदौ २५, पर्सा । करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका(२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठा रहेका छन । उनको बुधबार बिहान घरमै करेन्ट लागेर मृत्यु भएको हो ।

बिजुलीको तारबाट करेन्ट लागि घाइते भएका बालकको उपचारको लागि वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.