विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

भदौ २५, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन ।

प्रहरीले प्रकाशसहित १५ विद्यार्थीलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोध गर्दै आन्दोलनमा उत्रिने क्रममा प्रहरीसँग झडपमा उत्रिएका उनीहरुलाई चितवन मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

केहि समयअघि प्रकाश चन्द नेतृत्वको चिकित्सा शिक्षा संघर्ष समितिले वर्तमान स्वास्थ्य क्षेत्रका विकृति, विसंगतिविरूद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने बताउँदै आएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.