संविधान प्रतिकूलका कुनै पनि विधेयक स्वीकार्य छैन : काङ्ग्रेस

भदौ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राख्नुभएको फरक मतप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत सरकारद्वारा सङ्घीय संसद्मा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिमा छलफलका क्रममा रहेका ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लगायतका विधेयकका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो । नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उलङ्घन गर्दै संविधान प्रतिकूलका कुनै पनि विधेयक काङ्ग्रेसलाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकलाई तत्काल सच्चाउन काङ्ग्रेसले माग गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.