सेनाको गण परिसरभित्र महिलाको शव भेटियो

भदौ २१, काठमाडौँ । महोत्तरीमा नेपाली सेनाको गण परिसरभित्र शनिवार एक महिलाको बेवारिसे शव भेटिएको छ ।

बर्दिवास नगरपालिका–८ बिजयबस्ती टोलमा रहेको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र महिलाको बेवारिसे शव भेटिएको शव भेटिएको हो। कुर्ता सुरुवाल लगाएकी कम्मरमा रातो सल बाँधेकीे अन्दाजी ३५ वर्षीया महिलाको सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ ।

बर्दिवासका प्रहरी निरीक्षक अशोक कुमार शाहले नेपाली सेनाको टोली मर्निङवाक जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेकोे जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.