फेसबुकले सुरू गर्‍यो २० मुलुकमा ‘डेटिङ सेवा’

भदौ २०, काठमाडौं । सामाजिक सञ्‍जाल फेसबुकले ‘डेटिङ सेवा’ सुरु गरेको छ ।

फेसबुकले अमेरिकासहित २० मुलुकमा सामाजिक सञ्‍जालको बृहत डेटिङ सेवा सुरू गरेको हो । १८ वर्ष र त्यसभन्दा माथिका प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । इन्स्टाग्रामका पोस्टहरुलाई पनि सिधा रुपमा फेसबुक डेटिङ प्रोफाइलमा जोड्न सकिने अनुमति दिएको छ । यससँगै इन्स्टाग्रामका फलोअर्सहरुलाई ‘सेक्रेट क्रस लिस्ट’ मा समेत जोड्न सकिने फेसबुकले जनाएको छ ।

फेसबुक डेटिङ प्रोफाइल मुख्य फेसबुक एकाउन्टभन्दा अलगै चलाउन सकिनेछ । डेटिङ प्रोफाइलमा सेयर गरिएका पोस्टहरु मुख्य फेसबुक प्रोफाइलमा देखिने छैनन् । प्रयोगकर्ताहरुको रुची, चाहना र आवश्यकताका आधारमा डेटिङ प्रोफाइलमा जोडिन सक्नेछन् । प्रयोगकर्ताहरुले सिधा रुपमा अथवा फेसबुकको मुख्य प्रोफाइलमा देखिने लिंकका आधारमा डेटिङ सेवामा प्रतिक्रिया अथवा कुराकानी गर्ने मिल्नेछ । फेसबुकले यस वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्राममा स्टोरीहरुलाई पनि डेटिङ प्रोफाइलमा हेर्न मिल्ने बनाउने जनाएको छ ।

फेसबुकका सञ्‍चालक मार्क जुकरबर्गले फेसबुकमार्फत समान चाहना र माया गर्नेहरु कसरी आपसमा जोडिन्छन् भन्‍ने कुरा हेर्न आफू निकै उत्साहित भएको बताएका छन् । उनले थप भनेका छन्, ‘हामी प्रयोगकर्तालाई सुरक्षित र प्रयोगकर्ताको नियन्त्रणमा राख्न सुरूआतदेखि नै यसको गोपनियता र सुरक्षाका विषयमा विज्ञहरुसँग बसेर काम गरेका छौं ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.