भदौ १९, काठमाडौं । सरकारले शनिवारदेखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानलाई पत्र पठाई दूधको मूल्य वृद्धि गर्न निर्देशन दिएको संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराइले जानकारी दिनुभयो । भट्टराईका अनुसार डिडिसीले विक्री गर्ने निलो रङ्को दूधको प्याकेटमा मूल्य बढाइने छ भने अन्य प्याकेटमा सोही अनुसार वृद्धि हुनेछ ।
मुल्य वृद्धि शुक्रबारका लागि बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिवारबाट लागू हुने संस्थानले जनाएको छ । सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न गत साउन २९ मा दुग्ध विकास वोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कर्यदल बनाएको थियो ।
संस्थानका अनुसार वृद्धि भएको मूल्यमा ६९ प्रतिशत अर्थात ४ रुपैयाँ १४ पैसा किसानले पाउने छन भने बाँकी ३१ प्रतिशत अर्थात १ रुपैयाँ ८६ पैसा व्यवसायीले पाउने छन् । उपभोक्ताले शनिवारदेखि एक लिटर दूधको मूल्य ७६ रुपैयाँ तिर्नुपर्ने छ ।

