भदौ १७, मुगु । सुर्खेतबाट मुगु आउँदै गरेको बसले किचेर एकजना यात्रुको मृत्यु भएको छ ।
सुर्खेतबाट मुगु आउँदै गरेको भे१ज ७९६ नम्बरको सिद्धपाईला यातायात प्रालीको बसले हिजो राति अन्दाजी ९ बजेपछि जुम्ला जिल्लाको कनकासुन्दरी गाँउपालिकाको रोकावाडा भन्ने ठाउँमा यात्रुलाइ किचेकाे थियाे । मुगुकाे सोरु गाँउपालिका- २ नचार स्थाीयी ठेगाना भएका वर्ष १८ का लोकजन शाहीलाइ किचेकाे थियाे । लगत्तै उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिए पनि उपचारको क्रममा उनकाे मृत्यु भएको छ ।
मृतक यात्रुको लासलाई अहिले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमै राखिएको छ । हिजो राति नै जानकारी आउँदा जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहतका सुरक्षा संयन्त्र मार्फत किच्ने सवारी चालक र सवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

