दशैंको अग्रिम टिकट बुकिङ भदौ २५ बाट खोल्न सहमति

भदौ १६, काठमाडौं । यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्नको लागि व्यवसायीहरुलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागले जनाएको छ ।

आफुहरुले व्यवसायीले राख्दै आएका धेरै मागहरु पूरा गरिसकेको त्यसैले बुकिङ प्रस्तावित मितिमै खोल्न सकिन्छ । विभागमा महानिर्देशक गोगबहादुर हमालले बताए । व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन् । विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजन लगायतका मुद्दा उठाएका छन् । दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग अघि सारिने एक व्यवसायीहरुले बताएका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।

डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो । तर, ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन् । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तेस्र्याएर सरकारलाई दवाव दिने गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.