तीजको व्रतको अवसरमा नुहाउन गएका तीन जना बगेर वेपत्ता

भदौ १६, कपिलवस्तु । हिन्दु नारीहरको महानपर्व हरितालिका तीजको व्रतको अवसरमा नुहाउन गएका तीन जना बगेर वेपत्ता भएका छन ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को वेथी नदीको वेलभरिया सन्तघाटबाट नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन । खोलाले बगाएर वेपत्ता हुनेमा बेपत्ता हुनेहरुमा १५ वर्षीया तारा कहार, ८ वर्षीया खुब्बु रैदास र २५ वर्षीया तारामती कहार रहेका छन् ।

नुहाउने क्रममा बगेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, सशस्त्र प्रहरी लगायतको सुरक्षा अधिकारीहरुको टोली घटनास्थलमा पुगेको छ । उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.