राजन कुमार थोकरको नेतृत्वमा प्राचिन अनुवाद गुरु संघ

भदौ १६, काठमाडौँ । प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको पहिलो अधिवेशन तथा दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

आइतबार काठमाडौको बौद्धमा भएको साधारणसभाले नयाँ कार्य समिति समेत चयन गरेको छ । राजन कुमार थोकरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । उक्त कार्यसमितिको उपध्यक्षमा खेल बहादुर लामा, महासचिवमा रोज बहादुर तामाङ (च्याङ्वा), सचिवमा सन्जली घिसिङ, कोषध्यक्षमा राजु लामा, सदस्यमा जित लाल तामाङ, सदस्यहरुमा देवेन्द्र कुमार लामा , चेङ शेर्पा, शर्मीला तामाङ, लवाङ डोल्मो लामा, फूलमाया लामा, रोजीना योञ्जन , पर्वती तामाङ रहेका छन् ।

धर्मगुरु टुल्कु लोसाङ नम्ग्याल रेन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाले नयाँ पदाधिकारी पाउनुको साथै आगामी दिनहरुमा धार्मिक क्षेत्रको क्रियशिलता र सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्न अभिप्रेरित गराउने भएको छ ।  बौद्ध धर्ममार्फत विश्व जगतको चेतनशील प्राणीहरुको उद्वार र सम्यक सम्बोद्धको बाटोमा डो¥याउन, बौद्ध धर्मभित्र देखिएका विसंगतीहरुलाई परिमार्जन गर्दै विश्व शान्तिका लागि कटिबद्ध गराउने उद्देश्यका साथ स्थापित सामाजिक संस्थाले प्रचार तथा प्रसारात्मक कार्यमा जोड दिदै अघि बढ्ने संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.