सुडान घोटालाका दोषी शम्भु भारती पक्राउ

भदौ १३, काठमाडौं । सुडान घोटाला मुद्दामा दोषी ठहर भएका शम्भु भारती पक्राउ परेका छन् । प्रहरीले बिहान सात बजे उनलाई निवासबाटै पक्राउ गरेको हो । सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित भारतीलाई पनि दोषी ठहर गरेको थियो ।

भारती ठेकेदार कम्पनीका नेपाली प्रतिनिधि हुन् । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी रामदत्त जोशीले भारतीलाई बिहान पक्राउ गरिएको जानकारी दिए । भारतीलाई एकवर्ष कैद विगो तथा जरिबानाको फैसला गरिएको थियो । सुडान मिसनमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियारको ठहर थियो । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र सिंहले भारती पक्राउ परेको जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.