चन्द्रागिरिमा आजबाट मोटरसाईकल तथा स्कुटर ट्रायल सेवा सुरू

भदौ १२, काठमाडौँ । यातायात व्यवस्था कार्यालय ठूलो र्भयाङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि मोटरसाईकल तथा स्कुटर ट्रायल सेवा विहिवारबाट चन्द्रागिरिमा पनि सुरु गरेको छ ।

राजधानीको पश्चिम भेगमा रहेको नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारामा ठूलो र्भयाङले विहिवारवाट मोटरसाईकल तथा स्कुटर ट्रायल सेवा सुरू गरेको हो । भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारा साना मझौला तथा ठुला सवारी साधनको ट्रायल सेवा पनि सञ्चान हुदै आएको छ । मोटरसाईकल तथा स्कुटर प्रयोगात्मक परिक्षा सुभारम्भ कार्यक्रम उद्घाटन प्रतिनिधि सभा सांसद कृष्णगोपाल श्रेष्ठले रिवन काटेर गरे भने प्रदेश सभाकी सभासद रमाआलेमगर, प्रदेश सभा सांसद केशव पोख्रेल, चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरी, महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले मोटरसाईकल र स्कुटको ट्रायल दिएर उद्घाटन गरेका हुन । कार्यक्रममा वोल्दै संघिय सांसद कृष्ण गोपाल श्रेष्ठले निति नियम र कानुनमा रहेर कार्य गर्न निजि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने कार्यमा सरकारको साथ र सर्मथन रहि रहने बताए ।

उनले चन्द्रागिरिको पर्यटकिय स्थान त्यसमाथी पनि खुल्ला बातावरणमा सवै किसिमका ट्रायल एकै स्थानमा हुदा सवै सेवाग्राहीलाई सहज वातावरण निमार्ण भएको उनको भनाई थियो । कार्यक्रममा प्रदेश नम्वर ३ का उद्योग,पर्यटन,वन तथा बातावरण सभापति रमाआले मगरले यातायात क्षेत्रलाई सुव्यवस्थित र मर्यादित क्षेत्रको रुपमा विकास गर्न सरकारले निजिक्षेत्रको सुदृढिकरण गर्न आवश्यक रहेको बताईन । उनले निजि क्षेत्रले गरेको गल्ती कमिकमजोरीमा कारवाही गरिनु पर्ने र राम्रो काम गर्दे सामाजिक उत्तरदायित्व वहन गर्ने निजि क्षेत्रको हकमा पुरस्कृत गर्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिको विकास निमार्णमा निजि क्षेत्रको अपरिहार्य भुमिका रहेने वताए । उनले भव्य र सभ्य नगरको दिर्घकालिन विकासको मोडालिटीमा लैजान र चन्द्रागिरिमा सवै किसिमका उद्योगधन्दालाई विकास गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । यातायात व्यवस्था कार्यालय ठूलो र्भयाङका शाखा अधिकृत उपेन्द्र शाहाले परिक्षा नियममा अनुसार ठूलो र्भयाङका मोटरसाईकल,स्कुटर,कार र हेभीका ट्रायलहरु निरन्तर भहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारामा हुने जानकारी दिए । नेपालकै ठूलो र अत्याधुनिक भएको हुँदा परीक्षार्र्थीहरूले निर्धक तरिकाले परीक्षा दिन कुनै समस्या नरहेको यातायात विज्ञ देवेन्द्र प्रधानले बताए । कार्यक्रममा प्रदेश सांसद केशव पोखरेल,सांसद वेली मायाँ घले, चन्द्रागिरि नगरपालिका उपमेयर लिसा नकर्मी,यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमाल, राष्ट्रिय ट्रक तथा यातायात महासंगका महासचिव राजेन्द्र पोखरेल लगायतले यातायात क्षेत्रको विकृतिलाई निरुसाहित गर्दे मर्यादित क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.