विप्लव कार्यकर्ताले गरे आत्मसमर्पण

भदौ १२, बागलुङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक जना कार्यकर्ताले बिहीवार बागलुङमा आत्मसमर्पण गरेका छन ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका हरिबहादुर कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगेर आत्मसमर्पण गरेका हुन । उनी चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएकाले प्रहरीले उनलाई गत साउन १८ गते बुर्तिबाङबाट पक्राउ गरेको जनाएको छ । बुर्तिबाङ बजारमा फार्मेसी पसल सञ्चालन गरेको बसेको अवस्थामा नै पक्राउ परेका कुँवरले २६ दिनको हिरासतबाट निस्केपछि आगामी दिनमा कुनै पनि बैठक, भेला र सम्मेलनमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गरेका छन । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा उनले प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरिक्षक नवराज भट्ट, विभिन्न राजनीतिक दलका प्रमुख तथा पत्रकारहरुको रोहबरमा आत्मसमर्पण गरेका हुन ।

कुँवर विगतमा राष्ट्रिय जनमोर्चामा, नेकपा माओवादी, वैद्य माओवादी हुदैँ विप्लवलाई समर्थन गरेको बताए । आगामी दिनमा नेपालको संविधान एवं कानुन विपरित हुने कुनै पनि गतिबिधी नगर्ने प्रतिबद्धता व्यक्त गरी पार्टी परित्याग गरेको समेत कुँवरले घोषणा गरेका छन । स्वतन्त्र नागरिकको हैसियतमा आफ्नो व्यवसाय सञ्चालन गरेर बस्ने समेत उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.