सुनको मूल्य अहिलेसम्मकै उच्च

भदौ १२, काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बुधबार स्थिर रहेको सुनको मुल्य बिहीबार बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेर ७३ हजार ४०० रुपैयाँ पुगेको हो ।

तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ८०० रुपैयाँले नै बढेर ७३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कृतिमानका साथ प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.