जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

 

भदौ ११, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको म १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा बैतडीको पाटन नगरपालिका वडा नं। ३ का ६३ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा दुई जना सामान्य घाइते भएको र अन्य सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ । कच्ची सडकको घुम्तीमा जीप अनियन्त्रीत भइ जीप दुर्घटना भएको प्रहरीको जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.