भदौ ११, नेपाल र कुवेतबीच हुने फुटवलको मैदान परिवर्तन भएको छ ।
२०२२ मा कतारमा हुने बिश्वकप फुटबलको दोस्रो राउण्डको क्वालिफाई खेल नेपाल र कुवेतबीच सेप्टेम्बर ५ बिहीबारका दिन कुवेतको शेख जावेर अहमद स्टडियमा हुने भनिएको खेलको मैदान परिवर्तन भएको हाे । उक्त खेल सोहि दिन र साेही समयमा कुवेत सिटी नजिकै कैफानमा रहेको कुवेत स्पोर्टस क्लवको मैदानमा हुने छ ।
यो कुवेत सिटिको मालियादेखि करिव एक किलो मिटरको दुरिमा अवस्थित छ । टिकटको दरबारे गैर आवासिय नेपाली संघ, नेपाली दुताबास र कुवेत फुटवल एसोशेसनबीच छलफल भइरहेको छ । नेपाली दर्शकको लागि सहुलियतमा टिकट उपलब्ध गराईदिन गैर आवासिय नेपाली संघले कुवेत फुटवल संघसँग अपिल गरेको छ । प्रति टिकट कति भन्ने छिटै जानकारी गराइने छ ।

