बस दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या ३ पुग्याे

भदौ ११, सुर्खेत । जाजरकोट कालिमाटीबाट नेपालगञ्ज वादै गरेको ना ४ ख ९३१७ नंकाे बस सुर्खेतको सिमानामा पर्ने एमाले माेडमा दुर्घटना भएकाे छ ।

दुर्घटनामा परी घटनास्थलमा एक महिलाको मृत्यु भएको छ भने उपचारको क्रममा थप दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार बिहान करीब ४ बजेतिर गाडीको ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएकाे छ।

घाइते २५ जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएकाे छ । घटनाबारे थप विवरण आउन बाँकि छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.