दिनेश कार्की ,
भदौ १०, काठमाडौं । ललितपुरको लगनखेलबाट ग्वार्कोतर्फ जाँदै गर्दा प्रायग पोखरी कट्ने बित्तिकै बायाँतर्फ देखिन्छ मेट्रो मिट मार्टको रातो बोर्ड ।अनि टक्क रोकिएर हेर्न बध्य बनाउछ त्यो बोर्डले । नेपालमै पहिलो पटक अत्याधुनिक प्राविधिबाट मासुको शुद्धीकरण मार्फत उपभोक्ताको भान्सामा पाक्ने मासुको परिकारलाई थप स्वस्थ बनाउन सहयोग गर्छ मेट्रो मिट मार्टले।
करिब १२ बर्ष बिदेशको विभिन्न भूमिमा आफ्नो पसिना बेचेर आज भन्दा करिब १ बर्ष अगाडी नेपाल आएपछि नेपाली बजारमा आम जनमानसको भान्सामा पाक्ने मासुको स्वच्छता , त्यसले आम मानिसको स्वास्थमा पर्ने प्रतिकुल असर , यसको न्यूनीकरण ,सम्भावना तथा चुनौतीका बारे अध्यन गर्न थाले चितवनको एक युवा निर्मल पौडेल । र उनीसंगै साथमा रहे मकवानपुर ,सिस्नेरीका अर्का युवा सागर रेग्मी । अधिकतम इच्छाशक्ति र जोस बोकेका यी युवाको जोडिले राजधानीको ब्यस्त शहरमा निर्णयार्थ गर्दै व्यापक लक्ष्य बोकेर काम सुरु गर्ने भए ललितपुर को प्रायाग पोखरीमा । आम उपभोक्ताको स्वास्थलाई मध्यनजर गर्दै अत्यधुनिक प्राविधिबाट प्रशोधित मासु जनमानसको भान्सामा परिकार बन्न सकोस् भन्ने उनिहरुको पहिलो लक्ष्य हो। तत्काल करिब १ करोड ५० लाख बराबरको लगानीमा संचालन हुँदै गरेको मेट्रो मिट मार्टमा प्रत्यक्ष रुपमा १२ देखि १५ जना भन्दा धेरै युवालाई रोजगार दिन सक्ने संचालक मध्येका एक सागर रेग्मिको दाबी छ । अबको १ बर्षमा उपत्यकाको विभिन्न ठाउँमा करिब ८ भन्दा धेरै आउटलेट शाखा र १५० जना भन्दा बढी युवालाई रोजगार बनाउने पनि संचालक युवाहरुको लक्ष्य रहेको छ।

उक्त बजारमा प्रशोधित मासु मात्र नभएर अर्गानिक तरकारीको पनि बिक्री कक्ष संचालन गरि आफ्ना ग्राहकलाई सेवा दिने तयारी गरेको छ। यसको लागि उनिहरु आफैंले अर्गानिक तरकारी उत्पादन गर्ने छ । ललितपुर महालक्ष्मी नगरपालिका, लुभुमा करिब ५ रोपनी भन्दा धेरै जग्गा भाडाको मा लिइसकेको संचालक निर्मल पौडेल बताउँछन्। उनिहरु भन्छन्– ‘हाम्रो मुख्य लक्ष्य उपभोक्ताको स्वास्थलाई ध्यानमा राखेर उपभोक्ता को भान्सामा प्रोशोधित मासुको परिकार बनोस भन्ने हो ।’ तसर्थ प्रोशिधित मात्र हैन उनिहरुले कुनै पनि मासुजन्य जनावरलाई काटमार गर्नु पूर्व नै पशु स्वास्थ विशेषज्ञ (भेटेनरी डाक्टर ) ले जाँच गरेर मात्र काटमार गर्ने गर्दछ । यसको लागि पशु स्वास्थ विशेषज्ञ समेत सदाको लागि उनिहरु संगै रहने छ। कुरा गर्दै गर्दा संचालक युवा रेग्मीले थपे हामी ग्राहकलाई सकेसम्म सस्तो, सुलभ ,भरपर्दो , स्तरिय सेवा दिन तयार छौँ । र कुनै पनि ग्राहकले फोन तथा एस.एम.एस मार्फत अर्डर गर्न पनि सक्नेछन र उपत्यकाको कुनै पनि कुनामा समयमै होम डेलिभरी हुने तीनिहरु बताउँछन् ।

