एकै पटक ७६ सहसचिवको सरुवा

भदौ १०, काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका ७६ सहसचिवको सरुवा गरेको छ । सरुवा भएका अधिंकाश सहसचिवलाई प्रदेशमा खटाइएको छ ।

सरकारको गत बुधबार बसेको बैठकले उनीहरुलाई सरुवा गरेको हो । प्रशासन सेवाका ५०, वन सेवाका १०, इञ्जिनियरिङ सेवाका नौ र कृषि सेवाका सात जना सहसचिवलाई प्रदेश खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेशमा रहेका केहि सहसचिवलाई मन्त्रालय तानेको पनि जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.