पत्रकार पुडासैनी मृत्यु प्रकरणः सीआईबी टोलीले मिसिल बुझायो

भदौ ८, चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले चितवनस्थित सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएको छ ।

मिसिलमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाइएको छ ।घटनाको अनुसन्धान गर्न सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मी नेतृत्वको टोली चितवन पुगेको थियो । आज पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा मिसिल पेश गर्न लागेको जानकारी दिए ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो भने रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो । पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.