टि-ट्वान्टी विश्वकप खेल्ने अन्तिम १४ टिमको टुङ्गो

भदौ ८, आगामी अक्टोबरमा युएईमा हुने टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्ने १४ ओटै टिमको टुंगो लागेको छ। अमेरिकन क्षेत्रबाट २ टिम छनोटसँगै सबै टिमको टुंगो लागेको हो।

बर्मुडामा भइरहेको अमेरिकन छनोटअन्तर्गत बिहीबार भएको खेलमा बर्मुडाले अमेरिकालाई ४ विकेटले पराजित गरेर विश्व छनोटमा स्थान पक्का गर्‍यो। यसअघि अमेरिकन क्षेत्रबाट क्यानडाले पनि विश्व छनोटमा स्थान पक्का गरेको छ।

अन्तिम २ खेल खेल्न बाँकी छदा क्यानडा र बर्मुडाको ४–४ खेलबाट समान ७–७ अंक छ। १ जित मात्र हात पारेको अमेरिका भने छनोट हुन असफल भएको छ। अहिलेसम्म जित हात पार्न नसकेको केम्यान आइल्यान्ड पनि बाहिरिएको छ।

अब विश्व छनोटमा आयोजक युएईसँगै हङकङ, आयरल्यान्ड, जर्सी, केन्या, नाइजेरिया, नामिबिया, नेदरल्यान्ड्स, ओमान, पपुवा न्युगिनी, स्कटल्यान्ड, सिंगापुर, बर्मुडा र क्यानडाबीच खेल हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले निलम्बन गरेको कारण जिम्बावे प्रतियोगितमा भाग लिनबाट बन्चित भएको थियो। आइसीसीले जिम्बावेको स्थानमा नाइजेरियालाई मौका दिएको छ।

नेपाल भने टी–२० विश्वकप एसिया छनोटमा सिंगापुरसँग पछि परेको थियो। जसका कारण नेपालले ८ वर्षमा पहिलो पटक विश्व छनोट प्रतियोगिता गुमाएको थियो। छनोटका १४ टिम मध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपमा छानिनेछन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.