क्रिस्टल प्यालेसकाे एेतिहासिक जित

भदौ ८, काठमाडाैँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर यूनाइटेड क्रिस्टल प्यालेसद्वारा २–१ गोलअन्तरले पराजित भएको छ ।

पेट्रिक भान आनहोल्टले इन्जुरी समयमा गोल गर्दै यूनाइटेडविरुद्ध प्यालेसलाई जित दिलाए । पेट्रिकको ९३ औं मिनेटको गोलसँगै ओल्ड ट्राफोर्डमा यूनाइटेडविरुद्ध प्यालेसले १९८९ पछि ऐतिहाँसिक जित हात पारेको हो ।

३२ औं मिनेटमा जोर्ड अयोले गल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । खेलको ८९ औं मिनेटमा ड्यानियल जेम्सले म्यानचेस्टरका लागि बराबरी गोल फर्काए । तर खेलको इन्जुरी समयमा पेट्रिकको गोलले क्रिस्टललाई जित दिलायो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.