मापसे गरेको भन्दै एनआरएनका अध्यक्ष भट्टलाई विमानबाट ओरालिए

भदौ ८, काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेको भन्दै एनआरएनए अध्यक्ष भवन भट्टलाई विमानबाट ओरालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर जाने क्रममा सिल्क एयरले मापसे गरेको भन्दै विमानबाट ओरालेको हो ।

बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् । न्यौपानेले सामाजिक सञ्जाल मार्फत उक्त कुराको पुष्टि गरेका छन् । उनले फेसबुकमार्फत अडियो लाइभ मार्फत भनेका छन्, ‘एयरलाइन्समा बोर्ड गरिसकेपछि, सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यू भन्यो ।’ यो कुरा सार्वजनिक भएपछि न्यौपानेले फेसबुक लाइभमार्फत घटनाक्रमबारे सविस्तार जानकारी दिएका छन् । न्यौपानेका अनुसार भट्ट र उनी त्यो दिन सँगै थिए । उनीहरु बिजनेस मिटिङहरुमा सहभागी थिए । त्यसैक्रममा मदिरा सेवन गरेको उनले स्वीकारेका छन् ।

‘हामी बिजनेस मिटिङमा थियौं, बिजनेस मिटिङमा कुन लेभलको अल्कोहल कन्जम्सन हुन्छ भन्ने कुरा हामी सबै जगजाहेरै छौं । यसमा त्यस्तो केही पनि हुँदैन भन्ने कुरालाई इगनोर पनि नगरौं,’ न्यौपानेले भनेका छन्, ‘तर, उहाँले (भवन भट्टले) मैले प्रधानमन्त्रीलाई भेट्नु छ आज म अल्कोहल त्यति लिन्नँ भन्नुभा’थ्यो ।’ प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर उनीहरूले सिल्क एयरको टिकट लिएका थिए । इमिग्रेसन पास भइसकेपछि प्रि बोर्डिङबाट अगाडि बढ्ने क्रममा सेक्युरिटीले पनि सुरुमा उनीहरुलाई रोकेको थियो । तर, पछि फेरि ‘हाम्रो गल्ती भयो’ भनेर सेक्युरिटीले त्यहाँबाट पनि जान दिएपछि प्लेनमा गएर बसेको उनको भनाइ छ । प्लेनको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.