बाग्मति करिडोरमा ठेग्दारको बदमासीः स्थानीयलाई सास्ती

प्रारम्भ खबर ।
भदौ ७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा ८ मा बाग्मति करिडोर क्षेत्रमा सडक बाटोका कारण स्थानीय तथा सार्वसाधारणले सास्ती खेप्दै आएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिको ढल विकास तथा सडक विस्तार परियोजना अन्र्तगत समान्तर कन्ट्रक्सनले ठेक्का पाएका उक्त कार्यमा ठेग्दार र कम्पनीको लापरवाहीले गर्दा सवारी साधान तथा व्यक्तिको आवातजावात गर्न मुस्किल भएको स्थानीयहरुको गुणासो छ । सडकको अवस्था नाजुक हुदैँ गएपछि स्थानीयहरु आक्रोशित छन् । बालबालिकालाई विद्यालय पठाउन र बिरामी परेर आपतकालिन अवस्थामा समेत एम्बुलेन्स आउन नसक्ने भएपछि स्थानीयहरुले सहायताका लागि जनप्रतिनिधिहरुसंग गुहारेका छन् ।

हिलाम्य र खाल्डाखुल्डीले मान्छे हिड्नै नसक्ने अवस्थामा रहेको उक्त सडकमा रातारात माटो थुपार्दै झन असहज बनाएपछि आज उन्नती नगर टोल सुधार समिति र कृष्ण नगर टोल सुधार समितिका केही प्रतिनिधिले आफ्नो समस्य राख्न तिनै तहको जनप्रतिनिधिलाई बोलाएर समाधानका प्रयास खोज्दा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे भने उक्त विषयमा प्रवेशै नगरी तर्किएका स्थानीयहरुको आरोप छ । आफ्नै नगरभित्रका जनतालाई सातौको व्यवहार गरेको भन्दै स्थानीयले आक्रोस पोखिरहेको बेला उपमेयर शान्ति नेपाल भने गुणासोलाई सकारात्मक रुपले स्वीकारर्दै यथाशिघ्र समाधान गर्न प्रतिवद्ध जनाईन् ।

त्यस्तै संघीय सांसद कृष्ण राईले भने परियोजनाका प्रतिनिधि आशिष घिमिरेलाई फोनमार्फत त्यहाँ थुपारेको माटो हटाउन निर्देशन दिएका छन् । स्थानीय उपभोक्त मारमा परेको भन्दै घिमिरेलाई आईतवारसम्म सबै माटो हटाई ग्राभेल हलेर बाटोलाई सहज बनाउन पनि निर्देशन दिए । ढल व्यवस्थापन नगरी काम सुरु गरेकाले उक्त समस्य आएको बताउँदै सांसद राईले निगारानीमा उपभोक्तको पनि चासो हुनुपर्ने बताए । राष्ट्रिय परियोजना भएकोले स्थानीय र कुनै पनि निकायले बजेट छुटाउन नमिल्ने हुदाँ करिडोर क्षेत्र निर्माणमा थप चुनौती आएको बताए ।

उक्त अवलोकनमा पुगेका प्रदेश सांसद रामेश्वर फुयाँलले पनि उक्त विषयमा सभ्यता एकिकृत विकास समितिको प्रतिनिधिहरुलाई बारम्बर ताकेता गरेको बताए । अब त्यस समितिले चासो नदिए कारवाहीको प्रक्रिय अगाडी बढाउन सम्बन्धित निकायलाई आग्रह गर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.