‘सङ्घीयताको प्रतिफल आउने समय भएको छैन’ – रवीन्द्र मिश्र

भदौ ७, दाङ । साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले सङ्घीयताको प्रतिफल आउने समय नभएको बताएका छन् । आज दाङको तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २०७२ सालमा जारी भएको संविधानमा यस्तो व्यवस्था भएको र यति छिट्टै प्रतिफलको अपेक्षा गर्न नसकिने उनको भनाइ थियो ।

“मुलुकमा सङ्घीयता लागु भएको भर्खर चार वर्ष हुँदैछ, यति छोटो समयमा ठूलो प्रतिफल आश गर्न सकिदैन्”, उनले भने, “यसको प्रतिफल आउन केही समय लाग्छ ।” संविधानले निर्दिष्ट गरेको बाटोले देशले फड्को मार्ने भएकाले संविधानले देखाएको बाटोमा लाग्नेसमेत उनको भनाइ थियो । नेत्रबिक्रम चन्दले शान्तिपूर्ण राजनीतिमा आउनुपर्नेसमेत उनको भनाइ थियो । अहिले चन्द समूहले संविधान उल्लङ्घन गर्नेगरी गतिविधि अगाडि बढाइरहेकाले यसरी मुलुक रुपान्तरण हुन नसक्ने समेत उनको भनाइ थियो । मिश्रले आफ्नो पार्टीले उपनिर्वाचनमा सहभागिता जनाउने बताए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.