झमक्क साँझ अनि गोठटारको कृष्ण मन्दिर परिसर यस्तो देखियो (फोटो फिचर)

प्रारम्भ खबर ।
भदौ ६, काठमाडौँ । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज काठमाडौँको गोठटारमा रहेको कृष्ण मन्दिर परिसरमा साँझापाखा झिलिमिलि देखिएको छ । विभिन्न स्थानबाट भगवान् श्रीकृष्णको पूजा–आराधना गर्न त्यहाँ आईपुगेका छन् ।

आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

तस्बीरः रविन मगर÷ प्रारम्भ खबर

शान्त र रमणीय वातावरण रहेको कृष्ण मन्दिरमा दर्शन गर्न आउनेको भीड

कृष्णको अवतरमा सजिएका साना–साना बालबालिकाहरु मन्दिर परिसरमा

                                                                                 भक्तजनहरुलाई सुरक्षामा खटिएका प्रहरी जवनहरु खुशी साट्दै

                                                              भगवान् श्रीकृष्णको पूजा आराधाना गर्दै एक भक्तजन

                                                                                             भक्तजनहरु फर्किने क्रममा

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.