कराते खेलाडीलाई बिदाई

प्रारम्भ खबर ।
भदौ ४, काठमाडौं । दोश्रो कामित्सुमा ओकुकाई अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०१९ का लागि सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गरेका छन ।

कम्बोडियाको नेम पेन शहरमा हुने उक्त प्रतियोगितामा नेपाल वादोरियो कराते डो संघका खेलाडी सहभागी सहभागी हुने भएको छ । प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई वुधबार त्रिपुरेश्वर स्थित रंगशालामा एक कार्यक्रम गरि राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बिदाई गरेका छन् ।

अगस्ट २४ देखि २६ मा हुने उक्त खेल प्रतियोगितामा खेलाडीहरु पुरुषोत्तम पोखरेल ५५ केजि तौल समुह, बिशाल खड्गी ६७ केजि तौल समुहमा प्रतिस्पर्धा गर्ने भएका छन । त्यस्तै खेलाडीसँगै प्रशिक्षक नेपाल कराते महासघका महासचिव एबम वादोरियो कराते डो संघका अध्यक्ष प्रमुख प्रशिक्षक हरिशरण केसी पनि जाने भएका छन् । खेलाडीको बिदाई गर्दै उपाध्यक्ष तिम्सिनाले शुभकामना समेत व्यक्त गरेका छन । खेलाडीहरु विहिबार त्यसतर्फ प्रस्थान हुने र अगस्ट २७ मा नेपाल फर्किने खेलाडी पुरुषोत्तम पोखरेलले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.