बिरामीको मृत्युपछि निसर्ग अस्पातलमा नाराबाजी

भदौ ३, धनगढी । कैलाली धनगढी बजारमा रहेको निसर्ग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ का ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा प्रर्दशन सुरु भएको छ ।

सोमबार बिहान पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो करिब ३ बजे शल्यक्रिया गरिएको आफन्तले बताए। उनको सोमबार राती करिब ११ बजे मृत्यु भएको थियो। लापरबाहीले मृत्यु भएको आरोपमा आफन्तले नाराबाजी गरेपछि अस्पताल तनावग्रस्त भएको हो।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। घटनाबारे अस्पताल प्रशासनले कुनै प्रतिक्रया दिएको छैन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.