विवाह भोजमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु

भदौ १, काठमाडौँ । अफगानिस्तानमा विवाह भोज चलिरहेको हलमा आत्मघाती बम विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ। विस्फोटमा १८० जनाभन्दा बढी घाइते भएका छन्।

विस्फोट भएको क्षेत्रमा धेरैजसो महिला र बालबालिका रहेको अधिकारीहरुले बताएका छन् । सिया मुसलमानहरुको बाहुल्यता रहेको पश्चिम क्षेत्र भएको सो आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन भने तालिबानले विस्फोटमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

तालिबानले महिला र बालबालिका प्रति लक्षित गर्दै भएको आक्रमणको निन्दा गरेको छ । सो क्षेत्रमा रहेका सिया मुस्लमानलाई लक्षित गर्दै सुन्नी मुस्लिम, तालिबान र इस्लामिक स्टेटले बारम्बार आक्रमण गर्दै आएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.