भ्यागुतालाई पनि क्वाँटी खुवाउने अनाैठा प्रचलन !

साउन ३१, बनेपा । पनौतीका केशव कर्माचार्य ४४ वर्षका भए। हरेक वर्ष जनै पूर्णिमा (गुन्हीपुन्ही) का दिन उनले खेतमै पुगेर भ्यागुतालाई क्वाँटी र चामल खुवाउन थालेको यसपालि ३५औं वर्ष लाज्ञ्ो। ‘जनै पूर्णिमाका दिन बिहानै खेतमा क्वाँटी लिएर गइन्थ्यो। समाहा (आलीबाट पानीको निकास) मा क्वाँटी र चामल हालेर एकछिन कुरेर बस्थ्यौं।

एकपछि अर्को भ्यागुतो आउँथ्यो र हामीले दिएको क्वाँटी र चामल खाएर जान्थ्यो,’ पनौती फाँटमा भेटिएका उनले भने, ‘अहिले त जथाभावी विषादीको प्रयोगले होला भ्यागुता नै घटिसके। तैपनि हामीले हाम्रो परम्परा छाडेका छैनौं।’ जनै पूर्णिमाका अवसरमा पनौतीवासीले धानखेतका भ्यागुतालाई क्वाँटी ख्वाउने प्रथा पुस्तौंदेखिको परम्परा रहेको उनको भनाइ छ।

नेवार बाहुल्य गाउँठाउँका किसानले जनै पूर्णिमाका दिन भ्यागुतालाई खाना (क्वाँटी) खुवाउने चलन पुस्तौनी भएको संस्कृतिविद ज्ञानकाजी मानन्धरले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.