धन्यवाद काठमाडौँ प्रज्ञाकुञ्ज स्कुल परिवार
मेरा लागि यसपटकको भानुजयन्तीको पहिलो औपचारिक कार्यक्रम काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलको कार्यक्रमबाट भयो । यस विद्यालयले म जस्तो सामान्य मान्छेलाई प्रमुख अतिथिका रूपमा सम्झिएर थम जिम्मेवार पनि बनाएको छ ।

विद्यालय परिवारको हार्दिक स्वागत सम्मान, विद्यार्थी भाइबहिनीका लहलहाउँदा प्रतिभाको प्रस्तुति, शिक्षक साथीहरुको मिहिनेत आदिले मलाई निकै प्रभावित पारेको छ । अहिलेलाई विद्यालय र यसका नवप्रतिभाहरूको उत्तरोत्तर प्रगतिको कामना । शिशु कक्षादेखि मा.वि सम्मका विद्यार्थीका नाटक, भानुभक्तीय एवम् अन्य प्रतिभाका कविता वाचन, सिर्जना आदिको श्रवण र अवलोकनले असार २५ गतेको दिन सार्थक बनेको ठानेको छु । बाँकी कुरा संस्मरणमा आउने नै छन् ।

