अन्तर्राष्ट्रिय युवा दिवसः राजधानीमा युवा प्रभावतफेरी

साउन २७, काठमाडौँ । १९औँ अन्तराष्ट्रिय युवा दिवस–२०७६ बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ । त्यस्तै नेपालमा पनि विभिन्न सरकारी तथा गैरसकारी संघसंस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सोमबार विहान नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा विभिन्न संघसंस्थाको सहभागीता प्रभावतफेरी सहित प्रज्ञा भवन कमलादीमा पुगी कोण सभामा परिणत गरेको छ । युवा संघसंस्थाका प्रतिनिधि, सरकारी कर्मचारी, नेपाल प्रहरी सशास्त्र प्रहरी, विद्यार्थीहरुको बाग्लो सहभागीतामा प्रर्दशनीमार्गदेखि सुरु भएको प्रभावतफेरी प्रज्ञाभवनमा पुगेर टुंगिएको छ । शिक्षामा रुपान्तरणः उद्यमशिलता र नवप्रवर्तन भन्ने मूल नारासहित युवाको अधिकार, स्वरोजगारको ग्यारेन्टी, युवा नवप्रर्वतनलाई प्रोत्साहनको माग राख्दै युवाहरुको सहभागीता रहेको थियो ।

व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ । युवा जनसंख्यालाई संसारका कुनैपनि देशले आ–आफ्नै उमेरको परीधिमा राखेको छ तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेरसमूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।

त्यसैले पनि होला युवाहरुलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनकालागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्कि स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसकालागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनैपनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्दछन् । इतिहास साक्षी छ, युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सहि अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुबै हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.