पल्टेको गाडी नजिक जाँदा ६१ जनाको ज्यान गयो

साउन २६, दारेसलाम । तान्जानियाको व्यस्त सडकमा एउटा इन्धनको ट्यांकर विस्फोट हुँदा ६१ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

सो ट्यांकर विस्फोट राजधानी दारेसलामबाट १७५ किमी पश्चिम मोरोगोरो भन्ने स्थानमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार इन्धन बोकेको गाडी मासाम्भु बस स्टेशनमा मोटरसाइकललाई छल्न खोज्दा पल्टेको थियो । ड्राइभरले नियन्त्रण गुमाउँदा इन्धन बोकेको गाडी पल्टेको हो ।

इन्धनको गाडी चुहिन थालेपछि थुप्रै मान्छे त्यसबाट चुहिएको इन्धन थाप्न गएका थिए । तर, दुर्घटनाको २० मिनेट पछि पल्टेको सो गाडीमा विस्फोट भएको थियो । त्यतिबेला आसपासमा १५० जना मानिस रहेको प्रत्यक्ष्यदर्शीले बताएका छन् ।
–सीएनएन

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.