साउन २३, काठमाडौ । काभ्रे जिल्लाको रोशी गाउँपालिकाद्वारा यस वर्ष एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई नगद पुरस्कर सहित सम्मान गरिएको छ ।
गाउँपालिकाभरीबाट पहिलो बन्न सफल वडा न. ६ स्थित हरिसिद्दी माध्यमिक विद्यालयबाट परिक्षा दिएका शंखबुद्द लामालाई नगद रु. ५० हजार राशिसहित सम्मान गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष डिबि लामा र शिक्षा शाखा अधिकृत रामबहादुर तामाङले उक्त पुरस्कर प्रदान गरिएका हुन ।
विद्यार्थीको प्रोत्साहन र शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि गाउँपालिकाले हरेक वर्ष एसईई परिक्षाका उत्कृष्टहरुलाई सम्मान तथा पुरस्कर प्रदान गर्दै आईरहेको छ । शिक्षाको माध्यमबाट मात्र समाजलाई विकास र समृद्धितर्फ लैजान सकिने गाउँपालिका अध्यक्ष लामाको विश्वास रहेको छ ।

