किरात राई यायोख्वाद्वारा विभिन्न व्यक्ति सम्मानित

साउन २३, काठमाडाैँ । पत्रकार सञ्जय सन्तोषी राई, ‘किरात इतिहास र संस्कृति’ नामक अनुसन्धानमूलक पुस्तकका लेखक खोटाङका पर्खन बहादुर राई र वियस राईद्वारा लिखित कथा सङ्ग्रह ‘हिउँमाझी’ कृतिलाई नगदसहित सम्मान गरिएको छ ।

किरात राई यायोक्खा केन्द्रीय समितिद्वारा बुधबार आयोजित ३२औं स्थापना दिवस कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाइ सम्मानित गरिएकाे हाे । यही वर्ष विद्यावारिधि गर्ने राई समुदायका डा। सुमाया राई, प्रा।डा। ध्यानेन्द्र बहादुर राई र डा। कृष्णबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ठुले राईलगायत व्यक्ति सम्मानित भएका हुन । उहाँहरूलाइ गृहमन्त्री राम बहादुर थापाले सम्मान अर्पण गर्नुभयाे ।

गायन तथा संगितिक क्षेत्रबाट योगदान पुर्‍याउने राई नवीनलाई नगदसहित कार्यक्रममा विभिन्न विधाका १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकाे थियो । निवर्तमान अध्यक्ष तिलक राई, सल्लाहकार दुर्गा राई लगायतको उपस्थिति रहेको कार्यक्रममा गृहमन्त्री थापालगायत विशिष्ट व्यक्तिकाे उपस्थिति थियाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.