नेपाल एयरलायन्स सुधार्न मन्त्री भट्टराईको यस्तो कदम

साउन २२, काठमाडौं । वर्षौदेखि घाटामा सञ्चालित नेपाल वायुसेवा निगम सुधारको योजना अघि सरेको छ ।

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले निगमको सुधारको लागि एक कार्यदल गठन गरेका छन् । निगममा सुधार ल्याउने विषयमा सुझाव दिन पूर्वसचिव सुशिल घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदल सदस्यहरूमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । कार्यदललाई एक महिनाभित्र ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना पेश गर्न भनिएको छ । कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.