टी–२० बरियतामा पारस खड्काकाे छलाङ, धाेनी र गेल पछि परे

साउन २२, काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को बरियतामा नेपाली टिमका कप्तान पारस खड्काले ठुलो छलाङ मारेका छन । उनी टी–२०को अलराउण्ड तर्फ २५ औं स्थानमा उक्लिएका छन ।

हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आइसीसीको बरितयामा पनि ठुलो छलाङ मारेका हुन । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन ।

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि िपारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडी रहेका छन । गेल ७३ औं स्थानमा छन ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा एथावत रहेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.