साउन १९, काठमाडौँ । सरकारले ८ जना गैर नेपालीहरुको नागरिकता रद्ध गरेको छ ।
मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । नागरिकता रद्ध हुनेहरुमा असोक साह,विन्दे महतो,दानादेवी महतो,राजेन्द्र महतो,राजकिशोर महतो, सुशिल महतो,राजेश्वर महतो र रामकिसोर महतोको नेपाली नागरिकता रद्ध गरिएको जानकारी दिए ।
मन्त्रीपरिषदको बैठकले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले जनाएका छन ।

