साउन १४, काठमाडौ । सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समितिले ५९८ जनालाई विभिन्न तालीम प्रदान गरेको छ । कार्यालयले एक वर्षको अवधिमा जिल्लाका १० स्थानीय तहका ३९८ महिला र २०० पुरुष गरी ५९८ लाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको हो ।
सर्वसाधारणको माग र अहिलेको आवश्यकतालाई मध्यनजर गरी उद्यमी बनाउने उद्देश्यका साथ चार नगरपालिका र छ गाउँपालिकाका बेरोजगार युवायुवतीलाई सीपमूलक तालीम दीएको कार्यालयका निर्देशक विमला धितालले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकामा ३९ महिला र ४९ पुरुष गरी ८८, भानु नगरपालिकामा ४४ महिला र २५ पुरुष गरी ६९, शुक्लागण्डकी नगरपालिकामा ३४ महिला र २० पुरुष गरी ५४ र भिमाद नगरपालिकामा ४७ महिला र १२ पुरुष गरी ५९ जनालाई सीपमूलक तालीम प्रदान गरिएको छ ।

