समावेशी आयोगका अध्यक्ष डा. सुवेदीबाट राजीनामा

साउन ११, काठमाडौँ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिनुभएको छ ।

अध्यक्ष डा. सुवेदीले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिखित राजीनामा दिनुभएको हो । अध्यक्ष डा. सुवेदीले नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम यही साउन १२ गतेदेखि लागू हुने गरी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदबाट लिखित राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.