साउन ७, काठमाडौँ । १ दशक देखि हङकङमा बसोबास गर्दै आएका विजय श्रेष्ठले प्रेम पिडा नामक गीत सहित म्युजिक भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन।
सुगम संगीतमा रुची राख्ने उनले आफ्नो व्यस्त समयको बावजुत भिडियोग्राफी र फोटोग्राफी सम्बन्धि प्रशिक्षण लिईरहेका छन्। उनको उक्त म्युजिक भिडियोमा संगीतकार तथा गायक नगेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने गीतको रचनाकार समिर राइ रहेका छन् । गीतमा अहर्ना सुत्रधारको स्वर रहेको छ। त्यसै गरि उनको म्युजिक भिडियोमा नव मोडल सीरु तामाङले अभिनय गरेकी छिन्। गुन्जन स्टुडियोबाट रेकर्ड गरिएको उक्त गीत छोटो समयमा नै सामाजिक संजालमा निकै रुचाइएको छ ।
विदेशमा रहे पनि उनले स्वदेशका बिभिन्न रमणीय स्थानहरु दोलालघाट, गोकर्ण, बुढानिलकण्ठको जगडोल लगायतको स्थलहरुमा म्युजिक भिडियोको छायांकन गरेका छन्। यस अघि पनि उनले स्टेप वान नामक एकल एल्बम बाट श्रोताहरुको मन जितिसकेका छन् भने दुईवटा म्युजिक भिडियो पनि यस अघि नै उनले सामाजिक संजाल मार्फत सार्बजनिक गरिसकेका छन् । उनको म्युजिक भिडियो यसमा हेर्न सकिन्छ ।
नेपाली सांगितीक क्षेत्रमा अहिले सुगम संगीतको अभाव महशुस भईरहेको अवस्थामा निकै उत्कृष्ट गीतको Music video यो मेरो Facebook page मार्फत सार्वजनिक गरेको छु ।सबैको माया सुझावको र हौसलाको अपेक्षा राखेको छु ।
Posted by Bijaya on Tuesday, July 16, 2019

