पत्रकार धम्कीप्रति महासंघको आपत्ति

साउन ६, काठमाडौं । प्रदेश तीनका सांसद राजकाजी महर्जनले पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्कीलाई समाचार सङ्कलनका क्रममा धम्की दिएको भन्दै पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आपत्ति जनाएको छ ।

उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, “प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्न पाउने स्वतन्त्रता हुँदाहुँदै समाचार लेखेकै कारण जनप्रतिनिधि स्वयम्ले समाचार सङ्कलनका क्रममा रहेका पत्रकारलाई दिएको धम्कीप्रति महासंघले आपत्ति जनाउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन र पत्रकारको सुरक्षामा गम्भीर बन्दै भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्दर्छौं ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.