जोरपाटी–सुन्दरीजल सडकमा कोदो रोप्दै स्थानीयहरु

प्रारम्भ खबर ।
सुन्दा र दृश्य हेर्दा अनौठो लाग्छ । दृश्य हेर्दा खेत पनि होईन बारीका पाटा पनि होईन तर जहाँ स्थानीयहरु नै कस्सिएका छन् कोदो रोप्न ।

तीनै बारम्बार बिग्रिने र सवारी दुर्घटनाको सिकार बनिरहेका ठाउँ जोरपाटी–सुन्दरीजल सडक । जहाँ अहिले सा–साना विद्यार्थी, सार्वसाधारण देखि सवारी नै ठप्पा बन्न पुगेको छ । यो स्थिति भने वर्षातको पानीले सिर्जना गरेको होईन भन्छन् स्थानीयहरु । सडकको त्यो दुरदशा तीनै स्थानीयहरुको भनाईलाई सापाट लिनुपर्दा प्रदेश सांसद रामेश्वर फुयाँल, संघीय सांसद कृष्ण राई र गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेका कारण भएको हो ।

जोरपाटी हुदैँ सुन्दरीजल सडक विस्तारको अभियान समेत सुरु गरेको बताउँदै आएका सांसदहरु र मेयर पछिल्लो समयमा एकअर्कामा मिडिया प्रचार गर्न व्यस्त छन् । केही समयअगाडीदेखि झरी पानीसंगै डोजर चलाएर खाल्डा पुरिने काम गरिरहेको सांसद राई र फुयाँलले स्थानीयहरुको साथमा सडक विस्तारको अभियान सुरु गरेको बताउँदै आएपनि आज भने तीनै स्थानीयहरु विरोध स्वरुप सडकमा कोदो रोपेका छन् । सडकका खाल्डाखुल्डीमा रोडा हाल्नुका सट्टा नालीको माटो ल्याएर हिलाम्य र दूर्गन्धित बनाएपछि बेशीगाउँका स्थानीयहरु विरोधमा उत्रिएका छन् । उनीहरु भन्छन्– ‘ सस्तो लोकप्रियताको लागि कच्च काम र जनतालाई बेखुब बनाएको छ ।’ अहिले घरबाट बाहिरसम्म निस्किन नसक्ने अवस्था छ । सडक मर्मत गर्नुको सट्टा झन सडकलाई बिगारेर विद्यार्थीहरु समेत स्कूल जान नसक्ने र दुर्गन्धले रोगको संक्रमण हुने डर भएको स्थानीयहरु सुनाउँछन् ।

केही दिन यता सांसदहरुको सामाजिक सञ्जालका तस्बीरहरु हेर्दा पक्कै विकासका काममा लागेको जस्तो देखिन्थ्यो । तर आज तीनै सांसदहरु मतादाताकै गाली खाना विवस छन् । त्यस्तै नगर प्रमुख चालिसेले पनि जोरपाटी–सुन्दरीजलको सडक केन्द्रिय सरकारले बनाउन चासो नदिएमा स्थानीय स्रोतबाटै बनाउने भन्दै सांसदहरुलाई काउन्टर दिदै आईरहेका छन् । उता दुई सांसदहरु भने निर्वाचित भएको डेढ वर्षसम्म जनताले देख्ने काम नभएको भन्दै मौकामा चौका हान्न खोज्दा नराम्रो तालले चिप्लिन पुग्यो । सांसद राई र फुयाँलले गरेको काम नराम्रो त होईन् तर विवेक नपुग्दा ती नै उत्कृठ कार्य जनताको गाली सावित बन्न पुगियो ।

त्यस्तै नगर प्रमुख चालिसे पनि निर्वाचित भएको दुई वर्ष पूरा भइसक्यो । गत असार मसान्तमै आफु जापान गएर हेरेको र ल्याउने तयारी रहेको फोहोरमैला व्यवस्थापन गर्ने अत्याधुनिक मेशिन आश्वाशनमै सिमित रह्यो । भाषणको कुरा र कामको गराईमा फरक परिणाम आउन थालेपछि जनताहरु निराशमा छन् । तर प्रत्येक वर्ष करोडौं अर्बौ बजेट विनियोजीत हुने गर्छन् कार्यगत प्रगति भने जनताले चाहेअनुपको नभएको स्थानीयहरुको आरोप छ । स्थानीय तह होस् या प्रदेश, केन्द्रीय तहको बजेट । कार्यक्रम चाँही आफु निकट राजनीतिक दलकका भातृसंगठन, महिला समूह लगायत विभिन्न संघसंस्थालाई बाड्दै आईरहेको तीनीहरुको आरोप छ ।

तस्बीरः रविन मगर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.