सुत्केरी गराउन आएकी कल्पना तामाङको निधन भएपछि तनाव

साउन २, काठमाडौं । सुत्केरी आमाको मृत्यु भएपछि थापाथलीस्थित प्रसूति गृहमा तनाव उत्पन्न भएको छ ।

सुत्केरी गराउन प्रसूति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको बताइएको छ। शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तले बताएका छन् । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता जारी छ।

आफन्तले बच्चाको अवस्था पनि अज्ञात रहेको बताएका छन्। अस्पतालको लापरबाहीले आमाको ज्यान गएको आरोप आफन्तले लगाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.