सालीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या, चार जना पक्राउ

साउन १, कास्की । पोखरा महानगरपालिका–१५ कान्तिपुर चोक बस्ने २७ वर्षीया लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली, महेन्द्रपुल बस्ने भोजपुर, भोजपुर नगरपालिका–५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् । गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मीको पोखरा महानगरपालिका–२२ कर्कले जंगलमा असार २५ गते शव फेला परेको सम्बन्धमा मृतककै श्रीमान रमेश नेपालीको प्रत्यक्ष संलग्नतामा रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र बदनाम भएकोले लक्ष्मीलाई मार्ने योजना अनुसार अभियुक्तहरुको संलग्नतामा उनको हत्या गरी शव उक्त ठाउँमा फालेको खुल्न आएको छ । घटनामा संलग्न हाल नाम थर नखुलेका भारत वतन भएका तीनजनाको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.