‘कस्ले गर्दा ’ बोलको म्युजिक भिडियो सार्वजनिक

साउन १, काठमाडौँ । गायक जोन तुम्बापो र स्वस्तिका प्रधानको स्वरमा रहेको ‘कस्ले गर्दा’ बोलको गीतमा म्युजिक भिडियो निर्माण भएको छ । गायक जोनले आफ्नो पहिलो प्रयासका रुपमा ‘कस्ले गर्दा ’ बोलको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।

गीतमा संगीत गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको गरेका हुन । गीतको शब्द राम लावतीले रहेको छ भने गीतको म्युजिक एरेन्जमेन्ट नरेश श्रेष्ठले गरेका हुन । डान्सिङ भर्सनको म्युजिक भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको छ भने कोरियोग्राफी दिवस गिरीको रहेको छ । उक्त भिडियो विकास धमलाले सम्पादन गरेका हुन् । छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेको गीतको भिडियोलाई स्वयम छायांकारकैै निर्देशन रहेको छ । गीतको म्युजिक भिडियोले डिजिटल बजारमा राम्रो प्रतिकिया प्राप्त गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.