पूर्व–पश्चिमसहित ६ राजमार्ग अवरुद्ध
असार २९, काठमाडौं । प्रहरीले बाढीपहिरोका कारण पूर्व–पश्चिमसहित ६ राजमार्ग अवरुद्ध भएको बताएको छ ।
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण महोत्तरी, धुनषा सडक खण्डको झप्सीको पुल भत्किएकाले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । अहिले पानीको बहाव घटेकाले एकतर्फी सवारी साधन चलाइएको प्रहरीले जनाएको छ । उता, गोलञ्जर र सुनकोसी गाउँपालिकामा पहिरो गएकाले धुलिखेलबाट बर्दिवास छिचोल्ने बीपी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, फाखेल सडक खण्डमा पहिरो गएकाले कुलेखानी हुँदै हेटौडा छिचोल्ने छोटो बाटो ठप्प भएको छ । सिद्धबाबा खण्डमा पहिरो गएकाले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध प्रायः छ । बिहान १० बजेदेखि एकतर्फी सडक खुलेको भए पनि पहिरो थपिने खतरा नटरेको सुरक्षा निकायले जानकारी दिएको छ । खुर्कोट, उदयपुरका विभिन्न ठाउँमा पहिरो गएकाले मध्यपहाडी राजमार्ग पनि पूर्णतया अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

