बाढीका कारण २१ जनाको मृत्यु, १० बेपत्ता

असार २८, काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीका कारण २१ जनाको मृत्यु भएको छ ।

१० जना घाइते भएका र १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता १० जनाको खोजी भइरहेको र ५० जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ । बाढी तथा पहिरो गएका सम्पूर्ण क्षेत्रमा आवश्यक स्रोतसाधन परिचालित गरि उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण तराइका विभिन्न जिल्ला डुवानमा परेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.