भारतको आगरामा बस दुर्घटना, २९ जनाको मृत्यु

असार २३, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।

लखनउबाट दिल्लीका लागि छुटेको बस यमुना एक्सप्रेस–वेमा नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । अनियन्त्रित भएर नालीमा बस खस्दा आधा भाग डुबेको प्रहरीले जनाएको छ । बसबाट सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षीया बालिका छन् । –एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.