हिजो राति आएको वर्षाका कारण भोटेकोशीले २ जना बगायो

असार २२, सिन्धुपाल्चोक । शनिबार राति अाएकाे वर्षापछि भाेटेकाशीमा अाएकाे बाढिले २ जना बगाएकाे छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत २ जना बाढिले बगाएर बेपत्ता भएका हुन ।

बाढिका कारण अर्का १ घाइते भएका छन्। शनिबार रातिको अविरल बर्षापछि भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयका डिएपी माधव काफ्लेले जानकारी िदएका छन ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ। बाढिका कारणा बेपत्ता भएकाकाे खाेजि थालिएकाे र घाइते उपचार भइरहेकाे जनाइएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.